यस्ताे अवस्थामा छन् संसदमा स्वास्थ्यसम्बन्धी यी विधेयक
काठमाडौं : नेपालको संविधानको मौलिक हक कार्यान्वयनसँग सम्बन्धितसहित १८ महत्त्वपूर्ण विधेयक विभिन्न संसदीय समितिमा छलफलको क्रममा छन्।
तीमध्ये स्वास्थ्यसम्बन्धी कुनै विधेयकमाथि सामान्य छलफल भएको छ भने कुनैमा सम्बन्धित समितिमा दफावार छलफल भइरहेको छ।
जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सम्बन्धित समितिमा सामान्य छलफल भएको छ।
यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित समितिमा दफावार छलफल भइरहेको छ।
यता राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि पनि दफावार छलफल भइरहेको छ।
यस्तै जनस्वास्थ्यसँग प्रत्यक्ष जाेडिएकाे खाद्य तथा खाद्य सम्प्रभूताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सांसदहरुले अध्ययन गरिरहेका छन्।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?