बेवारिसे शवले अस्पतालमा दुर्घन्ध
ओखलढुंगा : तीन दिनअघि बेवारिसे अवस्थामा भेटिएको पुरुषको शवकाे पहिचान हुन नसक्दा रुम्जाटारस्थित जिल्ला अस्पताल दुर्घन्धित भएको छ।
शव सुरक्षित राख्ने व्यवस्था नहुँदा कुहिएर अस्पताल दुर्गन्धित भएको अस्पताल प्रशासनले जनाएको छ। दुर्घन्धका कारण काम गर्न गाह्राे भएकाे र सेवाग्राहीमा थप स्वास्थ्य समस्या आउनसक्ने एक चिकित्सकले बताए।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार शव मोलुंग गाउँपालिका–१ लिपेखोलामा भेटिएको हो। करिब २५ वर्षको गोलो र मंगोलियन वर्णको शवको कपाल काटेको र शरीरमा कुनै कपडा नभएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण