उपमहानगरपालिकामा स्तनपान कक्ष
दाङ : तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ। उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले आइतबार सो कक्षको उदघाटन गरिन्।
दुई लाख रुपैयाँमा निर्माण गरिएको स्तनपान कक्षमा सुतेर बच्चालाई दूध खुवाउनका लागि शय्या र बस्नका लागि सोफा राखिएको छ।
उपप्रमुख आचार्यले स्तनपान कक्ष स्थापनासँगै तुलसीपुर उपमहानगरपालिकालाई नमूना ‘स्मार्ट सिटी’को रूपमा विकास गर्न मद्दत मिल्ने बताइन्।
कार्यक्रममा १० सुत्केरीलाई न्यानो कपडा र झोला वितरण गरिएको थियो।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?