ह्याम्स अस्पतालमा ‘ओस्टियोपोरोसिस’सम्बन्धी निःशुल्क शिविर
काठमाडौं : धुम्बाराहीस्थित ह्याम्स अस्पतालले ‘ओस्टियोपोरोसिस’सम्बन्धी निःशुल्क शिविरको आयोजना गरेको छ।
उमेर बढ्दै जाँदा देखिने हड्डी खिइने समस्या ओस्टियाेपोरोसिसका बारेमा अस्पतालले तीनदिने शिविर सञ्चालन गरेको हो। शिविरमा बिरामीलाई हड्डी कसरी खिइन्छ र यसबाट कसरी बच्ने भन्नेबारे प्रस्तुति दिइएको थियो ।
हाडजोर्नी रोगका विशेषज्ञ चिकित्सक डा. भाष्करराज पन्त, डा.विज्ञान भण्डारी, डा.सन्दीप भण्डारी, डा.प्रशान्त अधिकारी र डा.रवीन्द्र बस्नेतलगायतले ओस्टियाेपोरोसिसका बिरामीमा आउनसक्ने अन्य समस्याबारे जानकारी गराएका थिए।
उनीहरूले याे राेगकाे प्रभावबाट बच्ने उपायबारे पनि जानकारी दिएका थिए। शिविरमा ४०० जनाले सेवा लिएका थिए।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री