त्रिवि शिक्षण अस्पतालको निर्देशक सर्च गर्न नयाँ समिति बन्ने
काठमाडौं: त्रिवि शिक्षण अस्पतालको निर्देशक सिफारिस गर्न बनेको ‘सर्च कमिटी’ले जिम्मेवारी पूरा गर्न नसकेपछि नयाँ समिति बन्ने भएको छ ।
नाम सिफारिस गर्न नसक्ने भनेर सर्च कमिटीले पत्र पठाइसकेकाले एक साताभित्रै अर्को समिति बन्न लागेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाले बताए । ‘उहाँहरूले नामै दिन सक्नुभएन त्यसैले अब नयाँ कमिटी बनाएर अघि बढछौँ’, खनियाँले भने।
त्रिवि शिक्षण अस्पतालका तत्कालीन निर्देशक डा. दिपक महराको कार्यकाल सकिनै लाग्दा तीन महिनाअघि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा सर्च कमिटी बनेको थियो। तर सर्च कमिटीले तीन महिनापछि बिहीबार निर्देशक छान्न नसकेको भन्दै उपकुलपतिलाई पत्र पठाएको छ।
सर्च कमिटीले किन नाम सिफारिस गर्न सकेन भन्ने प्रश्नमा हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा.अग्रवालले सर्च कमिटीका सदस्यबीच नै सहमति हुन नसकेको बताए। तीन जनाले आ–आफ्नो अडान नछोडेपछि पछि हटेको उनले जानकारी दिए।
‘हामीले सहमति जुटाउने हदैसम्मको प्रयास गर्दा पनि सकैनौँ’, उनले भने, ‘त्यसैले उपकुलपतिलाई नै जिम्मा दियौँ।’ सर्च कमिटीमा डा.जीवन शेरचन र डा.रमेशसिंह भण्डारी थिए। यससँगै त्रिवि शिक्षण अस्पतालले कार्यकारी निर्देशक पाउने समय अझै लम्बिने भएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण