बलम्बुमा सशस्त्र अस्पतालकाे स्वास्थ्य शिविर
काठमाडाैं : नेपाल रेडक्रस सोसाइटी र सशस्त्र प्रहरी बल अस्पतालले बलम्बुमा नाक, कान, घाँटी स्वास्थ्य परीक्षण शिविर अायाेजना गरेकाे छ।
बुधबार शिविर शुरू गर्दै नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद उमेशप्रसाद ढकालले ०७२ वैशाखको विनाशकारी भूकम्पपछि सोसाइटीले करीब ३५ लाख मानिसलाई मानवीय सहयोग उपलब्ध गराएको दाबी गरे।
उक्त अस्पतालका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हरिशचन्द्र अधिकारीले मानवीय सेवाका विविध क्षेत्रमा नेपाल रेडक्रससित अस्पतालले सहकार्य गरी अगाडि बढ्ने बताए।
तीन दिने सो शिविरमा परीक्षणपछि कानको जटिल समस्या देखिएका बिरामीलाई सुन्न सहयोग हुने यन्त्रसमेत वितरण गरिने जनाइएको छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै