जिल्ला अस्पतालमा चिकित्सक अभाव
नुवाकोट : जिल्ला अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभावका कारण सेवाग्राही प्रभावित भएका छन्।
त्रिशूलीस्थित सो अस्पतालमा आठ विशेषज्ञ चिकित्सकसहित १७ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी छ। तर ५० शय्याको सो अस्पतालमा हाल करारमा रहेका चार चिकित्सकले सेवा दिइरहेका छन्।
अहिले सातौँ तहका स्टाफ नर्स देवकी खतिवडालाई कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको बताइएको छ।
सांसद नारायण खतिवडाले अस्पतालको दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीले सेवा पाउनबाट वञ्चित हुनु परिरहेको बताए। सांसद बहादुरसिंह लामाले चिकित्सक नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार हनन तर्क गरे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?