स्वास्थ्य कार्यालय सहयोगीको हत्या
दार्चुला : मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ। मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए।
मंगलबार घरमा एक्लै सुतिरहेका अवस्थामा उनको हत्या गरिएको प्रहरीले जनाएको छ। हत्याराले ठगुन्नाको साथमा रहेको १० लाख रुपैयाँसमेत लुटेर लगेको स्थानीयवासिन्दाकाे दाबी छ। तराईमा बस्दै आएका श्रीमती र छोरालार्इ पठाउन जम्मा गरेको १० लाख रुपैयाँकै लागि ठगुन्नाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री