पक्षघात भएका विद्यार्थीलार्इ सहयाेग
काठमाडौं : पूर्व प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई दुई लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ। मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि सहयोग गरिएको हो।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले मंगलबार रकम समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई हस्तान्तरण गरे।
महानिरीक्षक खनालले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्धति सिकाइ एवं आवास सञ्चालनमा सो रकमले सहयोग पुग्ने बताए।
२०७२ सालमा स्थापित समूहले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्धति, सिकाइ एवं आवास सञ्चालन र अपांगता अधिकारसम्बन्धी कार्यक्रम गर्दै आएको छ। समूहमा हाल ११ विद्यार्थी छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण