मिर्गौलाका बिरामीका लागि आर्थिक सहयोग अभियान
म्याग्दी : मिर्गौलाका बिरामीका लागि आर्थिक सहयोग अभियान थालिएको छ। दुवै मिर्गौलाले काम गर्न नसकेपछि थलिएका मंगला गाउँपालिका–५ नेटाका १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि रकम जुटाउन अभियान शुरु गरिएको हो।
बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा १२ मा अध्ययनरत छन्त्यालको काठमाडौंस्थित शिक्षण अस्पतालका चिकित्सक डा. कमल लामिछानेको निगरानीमा उपचार भइरहेको छ। आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन नसकेपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान थालेको हो।
सुरेशकी आमा सीताले छोराको जीवन बचाइदिन अपिल गरिन्। उपचारका लागि २५ लाखदेखि ३० लाख रुपैयाँ आवश्यक पर्ने उनले बताइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?