सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि
बुटवल : लुम्बिनी अञ्चल अस्पतालले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ।
सरकारले बिरामीलाई वार्षिक एक लाख रुपैयाँ बराबरको खर्च उपलब्ध गराउने घोषणा गरेपछि निःशुल्क औषधि वितरण गरेको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल टेक्नोलोजिष्ट प्रवीण शाहले जानकारी दिए।
थारू समुदायमा देखिने सिकलसेल एनिमियाका बिरामी यस क्षेत्रमा ६ पुगेका छन्। अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा.कृष्ण खनालले पर्याप्त औषधि नआएको भन्दै बाँकी रहेको औषधि मात्रै वितरण भएको बताए।
दाङ, नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तुबाट बिरामी लुम्बिनी अञ्चल अस्पतालमा रगत परीक्षण लगायतको सुविधा लिन आउँछन्।







औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम