सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि
बुटवल : लुम्बिनी अञ्चल अस्पतालले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ।
सरकारले बिरामीलाई वार्षिक एक लाख रुपैयाँ बराबरको खर्च उपलब्ध गराउने घोषणा गरेपछि निःशुल्क औषधि वितरण गरेको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल टेक्नोलोजिष्ट प्रवीण शाहले जानकारी दिए।
थारू समुदायमा देखिने सिकलसेल एनिमियाका बिरामी यस क्षेत्रमा ६ पुगेका छन्। अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा.कृष्ण खनालले पर्याप्त औषधि नआएको भन्दै बाँकी रहेको औषधि मात्रै वितरण भएको बताए।
दाङ, नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तुबाट बिरामी लुम्बिनी अञ्चल अस्पतालमा रगत परीक्षण लगायतको सुविधा लिन आउँछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?