एचआर्इभी संक्रमितलाई उपचार खर्च
मोरङ : मिक्लाजुङ गाउँपालिकाले एचआर्इभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ। सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले याे निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिए।
एआरटी औषधि खाँदै गरेका संक्रमितलाई गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिस गरी वार्षिक १० हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउनेछ। गाउँपालिकाको स्वास्थ्य शाखामा हाल १२ एचआर्इभी संक्रमित सम्पर्कमा छन् ।
एचआर्इभी संक्रमितलाई गाउँपालिकाकाे सिफारिसमा उपचार खर्च उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले बताए।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री