आँखासम्बन्धी स्वास्थ्य नीति ल्याउन माग
काठमाडाैं : सराेकारवालाहरूले आँखा स्वास्थ्य नीति ल्याउन सरकारसँग माग गरेका छन्। दक्षिण एसियाली राष्ट्रमध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भन्दै उनीहरूले यहाँ स्वास्थ्य पर्यटन प्रवर्धन गर्न सकिने बताएका छन्।
ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रलाई आँखा उपचारका सामग्री हस्तान्तरण गर्न मंगलबार गोकर्णेश्वर नगरपालिकाको दक्षिणढोकामा आयोजना गरिएको कार्यक्रमका वक्ताहरूले यस विषयमा जोड दिएका हुन्।
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आँखा उपचारका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समेत सहयोग रहेको जानकारी दिए। नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आँखा स्वास्थ्यका लागि जापान सरकारका तर्फबाट ९६ लाख रूपैयाँ बराबरको उपकरण सहयोग गरेको जानकारी दिए।
कार्यक्रममा सांसद कृष्ण राईले धुलो प्रदूषणलगायत समस्याका कारण मोतियाबिन्दुका रोगी बढ्ने गरेको बताए। प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले नेपालको आँखा उपचार पद्धतिले स्वास्थ्य पर्यटन प्रवर्धन गर्न सकिने सम्भावना बोकेकाले त्यसैअनुसारको नीति बन्नुपर्ने धारणा राखे।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन