बिमा गराउने थाेरै, उपचार गराउने धेरै
चितवन : सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा बिमा गर्नेभन्दा बिमाबाट उपचार गराउनेको संख्या धेरै देखिएको छ। बाहिरी जिल्लामा बिमा गराएर यहाँ उपचार गराउने आउने भएकाले संख्या बढी देखिएको हो।
जिल्लामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार रहेकाे स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईले बताइन्। तर बिमा मार्फत उपचार गराएर माग दाबी गर्नेको संख्या एक लाख ८९ हजार ९९४ पुगेको उनकाे भनाइ छ।
जिल्लामा बिमा गराउनेमध्ये सबैको माग दाबी छैन। अस्पतालबाट माग दाबी भई आएको तथ्याङ्क हेर्ने हो भने जिल्लाबाहिरबाट चितवनमा उपचार गराउन आउनेको संख्या बढी देखिएको छ।
नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट चितवनका अस्पतालमा उपचार गराउन आउने गरेका छन्। कार्यालयकाअनुसार जिल्लामा सबैभन्दा बढी बिमा माग दाबी गर्ने चितवन मेडिकल कलेज छ।
पूर्वी चितवनमा रहेको गुञ्जमान अस्पतालमा बिमा गर्ने बिरामी नजाने गरेकाे देखिएको छ। सो अस्पतालले अहिलेसम्म एक जनाको पनि बिमा माग दाबी गरेको छैन।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य