आयुर्वेदिक उपचार गराउने बढे
झापा : आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउनेको सङ्ख्या बढेको छ। विशेषगरी नसर्ने रोगका बिरामी आयुर्वेद उपचार पद्धतिप्रति आकर्षित भएका हुन्।
आव २०७४\७५ मा ४१ हजार ४५ बिरामीले आयुर्वेद स्वास्थ्य संस्थाबाट सेवा लिएका छन्। आव २०७३\७४ मा ३० हजार ४८२ जनाले मात्र सेवा लिएका थिए।
जिल्लाका सात आयुर्वेद औषधालयले बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. केनिन राईले बताए।
गत आवदेखि पञ्चकर्म, क्षारसूत्र, फिजियोथेरापी, अकुपञ्चर सेवा प्रदान गरिँदै आएको छ। उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मुटुरोग, मिर्गौला रोगीलगायतले आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउँदै आएका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य