चल्दैनन् अस्पतालका एम्बुलेन्स
दाङ : राप्ती अञ्चल अस्पताल तुलसीपुर र राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका एम्बुलेन्स चालू अवस्थामा छैनन्। अस्पताल स्थापना भएदेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएका छन्।
मर्मतका लागि सम्बन्धित निकायले चासो देखाएका छैनन्। अस्पताल एम्बुलेन्सविहीन भएपछि बिरामीलाई अर्को अस्पतालमा रेफर गर्दा तथा टाढा–टाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ। राप्ती अञ्चल अस्पताल तुलसीपुरको एम्बुलेन्स बिग्रिएको एक वर्षभन्दा बढी भयो।
एम्बुलेन्स अस्पतालको पार्किङ स्थालमा थन्किएको छ। अस्पतालको रा १ झ ११३ नम्बरको एम्बुलेन्स बिग्रिएपछि निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताए।
राप्ती उपक्षेत्रीय अस्पताल घोराही पनि एम्बुलेन्सविहीन छ। एम्बुलेन्स पटक–पटक बिग्रिने र मर्मत गर्दा धेरै पैसा खर्च हुने भएकाले मर्मत नगरी थन्काइएको अस्पतालले जनाएको छ।
पटक–पटक मर्मत गर्दा धेरै खर्च आउने भएकाले त्यतिकै थन्काएर राखिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण