नेपालगञ्ज उपमहानगरमा वातावरणमैत्री अभियान
बाँके : नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ। नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरका रूपमा परिचित नेपालगञ्जमा बिरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरु गरिएको छ।
भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो।
बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण आदि कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्ने स्थिति आउने सम्भावनालाई दृष्टिगत गरी सरोकारवाला सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा बिरुवा रोप्ने, त्यसको संरक्षण तथा संवर्धन गर्ने र सरसफाइलगायत चेतनामूलक कार्यक्रम भइरहेका छन्।
गत मंसिर ८ गतेको प्रथम नगरसभाले नै नेपालगञ्जलाई वातावरणमैत्री नगर बनाउन एक घर–एक चर्पी, एक व्यक्ति–एक विरुवा र एक वडा–एक बाल उद्यान बनाउने योजना पारित गरेको थियो । सोही योजनाअन्तर्गत प्रथम चरणमा नेपालगञ्जको राँझादेखि सीमा क्षेत्रसम्म वृक्षरोपण भइरहेको छ।
आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रूपमा विकास गर्न वृक्षारोपण लगायतका कार्यक्रम र अभियान शुरु गरिएकाे बताइएकाे छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य