सर्पदंशले एक सय भन्दा बढी बिरामी
राजविराज : गर्मीसँगै वर्षाका कारण सप्तरीमा सर्पदंशका घटना बढेकाे छ। पछिल्लोपटक सर्पको डसाइबाट सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा एक सय जनाभन्दा बढी प्रभावित भएका छन्।
वर्षासँगै खोलानाला र नदीमा पानी बढेपछि सर्प बस्ने ठाउँ नभएको तथा बाढी पहिरोसँगै पहाडी जिल्लाबाट बगेर आएका कारण पनि जिल्लामा अहिले सर्पको बिगबिगी भएको सर्वसाधारणको भनाइ छ।
वर्षापछि जिल्लाको शहरी तथा ग्रामीण क्षेत्रमा बसोवास गर्ने स्थानीयवासी सर्पको डसाइमा परेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने क्रम बढेको अस्पतालले जनाएको छ।
अस्पतालमा अहिले दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख चुमनलाल दासले बताए।
जिल्लामा गोमन, हरहारा, ढोरियालगायत विषालु सर्पकाे अातंक रहेकाे सर्वसाधारण बताउँछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?