एकै घरका तीन जनालार्इ डेङ्गु संक्रमण
झापा : मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोग सङ्क्रमित भएका छन्।
मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, छोरा ११ वर्षीय अमन राई र देउरानी २७ वर्षीया सरिता राई डेङ्गुको बिरामी भएका हुन् ।
डेङ्गु सङ्क्रमित तीनै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी शिक्षण अस्पताल भर्ना गरिएको छ। बजारबाट निकै टाढा बाहुनडाँगीको ग्रामीण क्षेत्रमा डेङ्गु रोगी फेला परेको यो पहिलो पटक हो।
झापाको काँकरभिट्टा, बिर्तामोड र दमक नगर क्षेत्रमा विगतमा पनि डेङ्गु सङ्क्रमण फैलिएको थियो।
११ वर्षीय अमन राईमा एक साताअघि टाउको दुख्ने समस्यासँगै कडा ज्वरो आएपछि रक्त परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पत्ता लागेको अमनका बुवा ध्रुव राईले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?