चिकित्सक संघद्वारा विरोधका कार्यक्रम स्थगन
काठमाडौं : नेपाल चिकित्सक संघले सरकारलाई ऐन सच्याउन १५ दिनको अल्टिमेटम दिँदै विरोधका पूर्वघोषित कार्यक्रम स्थगन गरेको छ।
बिहीवार पत्रकार सम्मेलन गर्दै संघले सरकार ऐन सच्याउन सकारात्मक देखिएको भन्दै विरोधका कार्यक्रम स्थगन गरिएको बताएको हो।
संघले मुलुकी अपराध संहिता ऐन २०७४ मा चिकित्सकलाई पेल्ने गरी प्रावधान राखिएको भन्दै यसअघि भदौ १ गतेबाट ‘लाइसेन्स’ र ‘एप्रोन’ सरकारलाई बुझाउने घोषणा गरेको थियो।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले केही दफामा संशोधन गर्न सकिने भन्दै विज्ञप्ति पठाएकाले अहिलेलाई आन्दोलन स्थगन गरिएको संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले बताए।
संघले यो सँगै ऐनमा विभिन्न संशोधन र खारेजी गर्नुपर्ने भन्दै ६ बुँदे माग अघि सारेको छ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?