मुलुकी अपराध (संहिता) एेनप्रति सरकारी चिकित्सक संघकाे अापत्ति
काठमाडौं: मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकप्रति लक्षित कानुनी व्यवस्थाप्रति सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति जनाएको छ। बिहीबार विज्ञप्ति जारी गरी संघले ऐनप्रति असहमति जनाएको हो।
‘सीमित स्रोत साधन र जनशक्तिबीच अहोरात्र खट्ने चिकित्सकको मनोबल गिराउने मुलुकी अपराध(संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा चिकित्सकप्रति लक्षित इलाजसम्बन्धी कानुनी व्यवस्थाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष दिपेन्द्र पाण्डेद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ।
कानुनले चिकित्सकहरुलाई सुरक्षा प्रदान गर्नुपर्नेमा व्यावसायिक सुरक्षा नै नरहने गरी ऐन संशोधन गरेको संघको ठहर छ। संघले उक्त ऐन र कार्यविधि बृहत छलफल र वैज्ञानिक अनुसन्धानबाट संशोधन गरेर मात्र लागू गर्न सरकारसँग आग्रह गरेको छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण