मुलुकी अपराध (संहिता) एेनप्रति सरकारी चिकित्सक संघकाे अापत्ति
काठमाडौं: मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकप्रति लक्षित कानुनी व्यवस्थाप्रति सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति जनाएको छ। बिहीबार विज्ञप्ति जारी गरी संघले ऐनप्रति असहमति जनाएको हो।
‘सीमित स्रोत साधन र जनशक्तिबीच अहोरात्र खट्ने चिकित्सकको मनोबल गिराउने मुलुकी अपराध(संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा चिकित्सकप्रति लक्षित इलाजसम्बन्धी कानुनी व्यवस्थाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष दिपेन्द्र पाण्डेद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ।
कानुनले चिकित्सकहरुलाई सुरक्षा प्रदान गर्नुपर्नेमा व्यावसायिक सुरक्षा नै नरहने गरी ऐन संशोधन गरेको संघको ठहर छ। संघले उक्त ऐन र कार्यविधि बृहत छलफल र वैज्ञानिक अनुसन्धानबाट संशोधन गरेर मात्र लागू गर्न सरकारसँग आग्रह गरेको छ।








औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम