मुलुकी अपराध (संहिता) एेनप्रति अायुर्वेद चिकित्सक संघकाे अापत्ति
काठमाडाैं : नेपाल अायुर्वेद चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ चिकित्सक र स्वास्थ्यकर्मीलार्इ अपराधीकाे शैलीमा व्यवहार गर्ने लक्ष्यअनुरूप अाएकाे भन्दै विराेध जनाएकाे छ।
बुधबार विज्ञप्ति जारी गरी संघले मर्यादित ढंगले सेवामा समर्पित हुँदा पनि पर्नसक्ने ‘भवितव्य’ लार्इ पनि अपराधकाे दर्जामा राखी चिकित्सकहरूलार्इ हताेत्साहित पार्न खाेजेकाे अाराेप लगाएकाे छ। ‘याे कानुनी व्यवस्थाले चिकित्सक र स्वास्थ्यकर्मीलार्इ कार्यक्षेत्रमा काम गर्दा सदैव असुरक्षित र मनाेवैज्ञानिक रूपले कमजाेर महसुस गराएकाे छ’, विज्ञप्तिमा भनिएकाे छ।
यस विषयमा अविलम्ब सम्बाेधन गर्न संघले सरकारसँग माग गरेकाे छ। एेन संशाेधन नभएसम्म नेपाल चिकित्सक संघले भदाै १ देखि गर्ने विराेधका सम्पूर्ण कार्यक्रममा संघकाे एेक्यबद्धता रहने विज्ञप्तिमा जनाइएकाे छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य