विष मिसिएकाे पानी पिउँदा १३ विद्यार्थी बिरामी
मोरङ : लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयमा विषालु पानी पिउँदा १३ विद्यार्थी बिरामी परेका छन्।
बिहान ११ बजे विद्यार्थीले विद्यालयमा रहेकाे ट्यांकीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए। ट्यांकीमा ‘साइपर मेथिन’ नामक औषधि हालेकाे पाइएकाे प्रधानाध्यापक खेमराज दुलालले बताए। ट्यांकी नजिकै औषधिको बट्टा भेटिएको उनले जानकारी दिए।
खानेपानीमा विष कसले हालेकाे भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए। बिरामी विद्यार्थीको उपचार पथरी शनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मंगलबारे अस्पतालमा भइरहेको छ।
घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। १ देखि कक्षा १२ सम्म पढाइ हुने श्री माविमा ४९१ विद्यार्थी अध्ययनरत छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण