१० वर्षीय बालकलार्इ क्यान्सर, परिवारद्वारा सहयाेगकाे याचना
प्युठान : क्यान्सर भएका नौबहिनी गाउँपालिका–४ का १० वर्षीय विक्रम सुनारको परिवारले सहयोगको याचना गरेको छ। विक्रमकी आमा सीता सुनारले छोराको उपचारका लागि सहयोगको याचना गरेकी हुन्।
सात वर्षको हुँदा बुटवलमा विक्रमको हर्नियाको शल्यक्रिया भएको थियो। शल्यक्रियामार्फत हर्नियाको समस्या त हट्यो तर उनलाई क्यान्सरको मुखमा पुर्यायो। क्यान्सरको मुखमा पुगेका उनलाई परिवारले बुटवल, भारतका विभिन्न अस्पतालमा पुर्यायो। तर उपचार हुन सकेन।
उपचार हुन नसकेपछि विक्रम घरमै छट्पटाइरहेका छन्। छोराको उपचार खर्च नभएपछि उनका बाबु तीन महिना अगाडि कतार पुगेका छन्। ‘उपचारका लागि २० लाख जति चहिन्छ’, सीताले भनिन्, ‘छोराको उपचारका लागि घरखेत बिक्री गरियो तर केही सिप लागेन। त्यसैले श्रीमानलाई विदेश पठाएकी छु।’





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?