डाक्टर लाइसेन्स परीक्षामा २४ प्रतिशत मात्र पास
काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका छन्।
लाइसेन्सका लागि शनिबार जाँच दिएका ७८४ एमबीबीएस चिकित्सकमध्ये १८९ मात्र लाइसेन्स परीक्षा पास भएको काउन्सिलका रजिष्ट्रार डा.दिलीप शर्माले बताए।
‘हामीले लिएको परीक्षामा सबैभन्दा धेरै विद्यार्थी फेल भएकाे सम्भवतः यो पहिलो पटक नै होला’, उनले भने। शर्माका अनुसार चीन, बंगलादेश र नेपालका केही मेडिकल कलेजाट एमबिबिएस गरेका विद्यार्थी फेल भएका छन्।
‘त्यहाँकाे पढाइकाे शैली र यहाँकाे पाठ्यक्रम मेल नखाएकाले पनि यस्ताे भएकाे हुन सक्छ’, उनले भने, ‘ज्ञान भए पनि मेहेनत नगरेकाले पनि यस्ताे परिणाम अाएकाे हुनसक्छ।’ पछिल्लो समय फेल हुने क्रम झन् बढेकाेमा अचम्ममा परेको शर्माले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?