ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले किन्यो एम्बुलेन्स
ओखलढुंगा : दुर्गम खिजीदेम्बा गाउँपालिकामा एम्बुलेन्स पुगेको छ। जिल्लाको उत्तरपश्चिममा पर्ने सबैभन्दा दुर्गममा पर्ने गाउँपालिकाले नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गरेको हो।
नागरिकलाई बिरामी परेका बेला उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताए।
उनका अनुसार गाउँपालिकाको १० लाख १२ हजार ४ सय रकमले भारतबाट एम्बुलेन्स ल्याइएको हो।
नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गर्ने खिजीदेम्बा ओखलढुंगाको पहिलो स्थानीय तह हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?