‘ट्रमाडोल’ खुला बिक्री वितरणमा रोक
काठमाडौं : सरकारले ‘ट्रमाडोल’ एकल तथा समिश्रित औषधि खुला बिक्री वितरणमा रोक लगाएको छ। यही भदौ १५ गतेदेखि यसको खुला बिक्री वितरणमा रोक लगाउन लागेकाे हाे।
याे अाैषधिकाे दुरूपयाेग अत्यधिक रूपमा बढिरहेकाे भन्दै अाैषधि व्यवस्था विभागले सीमित स्थानबाट मात्र बिक्री वितरणकाे व्यवस्था मिलाउन लागेकाे हाे। ‘ट्रमाडोल’ दुखाइ कम गर्न प्रयाेग हुन्छ।
चिकित्सककाे प्रेस्क्रिप्सनको आधारमा निजी वा सरकारी फार्मेसीबाट मात्रै बिक्री हुनेगरी रेकर्ड राखिने विभागले जारी गरेकाे सूचनामा उल्लेख छ। अस्पतालबाहेकका फार्मेसीमा रहेका अाैषधि फिर्ता गर्न पनि विभागले अाग्रह गरेकाे छ।
औषधि सल्लाहकार समिति २०७५ असार २९ गतेको बैठकले ती बनावटका औषधीहरु सीमित स्थानहरूबाट मात्र बिक्रीवितरण गर्न दिने निर्णय गरेको हो।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?