सर्पदंश उपचार केन्द्रमा छैन औषधि
गाईघाट : उदयपुरको कटारी क्षेत्रमा सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएको छ। कटारी अस्पताल र नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र जान सिफारिश गर्ने गरिएको छ।
‘समयमै अस्पताल पुर्याउन नसक्दा बाटैमा बिरामीकाे मृत्यु हुने गरेको छ’, कटारी अस्पतालका प्रमुख डा. गौरव साहले भने, ‘दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। औषधि नहुँदा अन्य अस्पताल लैजान सिफारिश गर्नुकाे विकल्प छैन।’ अस्पतालमा सर्पदंशका बिरामी राख्न भेन्टिलेटरसमेत छैन ।
कटारी ताराघारीस्थित शार्दूल गणमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पनि औषधि अभाव भएको सेनानी उपेन्द्र रेग्मीले बताए। वर्षातको समयमा सर्पको बिगबिगी बढेको छ। वैशाखयता शार्दूल गणको सर्पदंश उपचार केन्द्रमा एक सयभन्दा बढी बिरामीको उपचार गरिएको थियो।
१३ जनालाई निको पारिएकोमा अन्यलाई उपचारका लागि अन्य अस्पताल सिफारिश गर्नुपरेको सेनानी रेग्मीले जानकारी दिए।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?