मिर्गौला दान गर्नेमा महिला अगाडि
काठमाडौं : नेपालमा मिर्गौला दान गर्नेमा पुरुषको तुलनामा महिला निकै अगाडि देखिएका छन्।
मिर्गौला प्रत्यारोपण शुरु भएको दश वर्ष पूरा भएको अवसरमा त्रिवि शिक्षण अस्पतलमा आयोजित समारोहमा विशेषज्ञहरूले नेपालमा मिर्गौला दान गर्नेमध्ये ६९ प्रतिशत महिला र ३१ प्रतिशत पुरुष प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरेका हुन्।
त्रिवि शिक्षण अस्पतालमा मात्रै दश वर्षमा ५०६ जनाको मिर्गौला प्रत्यारोपण गरिएका मध्ये ८५ प्रतिशत पुरुष छन्। १५ प्रतिशत महिलाले मिर्गौला प्रत्यारोपण गराएका छन्।
मिर्गौला प्रत्यारोपणको क्रममा संक्रमण भएर १७ जनाको मृत्यु भएको जानकारी दिइएको थियो।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले त्रिवि शिक्षण अस्पताललाई नमुना अस्पताल बनाउन गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए। उनले अस्पताललाई अनशलस्थल नभर्इ नमुना उपचार केन्द्र बनाउन जोड दिन आग्रह गरे।
कार्यक्रममा मिर्गौला प्रत्यारोपणमा महत्त्वपूर्ण भूमिका निभाएका चिकित्सक, नर्स र कर्मचारीलाई सम्मान गरिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण