राप्ती अस्पताल : डेढ वर्षदेखि निमित्तकाे भरमा सञ्चालन
दाङ : १० वर्षअघि निर्माण भएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ। अस्पतालमा लामो समयदेखि ‘मेडिकल सुपरिटेण्डन्ट’ नहुँदा सेवा प्रभावित बनेको छ।
अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रूपमा कार्यरत डा.भोला श्रेष्ठ डेढ वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले निमित्तको रूपमा काम गर्दै आएका छन्।
अस्पतालमा १४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ। हाल यहाँ पाँच चिकित्सक मात्र रहेको अस्पताल प्रशासनले जनाएको छ। चिकित्सक अभावमा बिरामीले पर्याप्त सेवा पाउन सकेका छैनन्। अस्पताल ‘रिफर सेन्टर’ मात्रै बनेको नागरिककाे गुनासो छ।
अस्पतालमा ७४ जनाको दरबन्दी रहे पनि हाल५६ कर्मचारी मात्र कार्यरत छन्। सबैभन्दा बढी समस्यामा सर्पदंशका बिरामी अाउने गरेका छन्। उनीहरूको उपचार गर्न भेन्टिलेटरको अभाव छ। अन्यत्र रिफर गर्दा बाटोमै बिरामीकाे ज्यान जाने गरेको सेवाग्राहीकाे गुनासाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?