‘नाफामा छ वीर अस्पताल’
काठमाडाैं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)ले चार वर्षमा८० प्रतिशत काम सम्पन्न भएको दाबी गरेको छ। मंगलबार अस्पतालका पदाधिकारीको कार्यकाल सकिएसँगै पदाधिकारीहरूले चार वर्षे कार्यकालमा भएका उपलब्धिसम्बन्धी श्वेतपत्र सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.गणेश गुरुङले आफूले नेतृत्व सम्हाले यता संस्था १२ करोड रुपैयाँभन्दा बढी घाटा रहेकोमा हाल थोरै भए पनि नाफामा सञ्चालन भइरहेको दाबी गरे। उनले यसअघि ८६ करोड रुपैयाँ बेरुजु रहेकोमा अहिले नरहेको प्रस्ट पारे।
अस्पतालले वर्ष मात्रै एक अर्ब २७ करोड रुपैयाँ बराबरको उपकरण खरिद गरेको थियो। डा. गुरुङले हाल नर्सिङ कलेज भएको ठाउँमा बहुवर्षीय कार्यक्रमअन्तर्गतको सुविधा सम्पन्न भवन, जापान सरकारको सहयोगमा अर्को भवन र भक्तपुरको दुवाकोटमा अर्को परियोजना स्वीकृत गर्ने काम आफ्नै कार्यकालमा पूरा भएको जानकारी दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य