‘मेडिकल टुरिजम एसिया एक्स्पो’ शुरु
काठमाडौं : नेपालमा पहिलोपटक ‘मेडिकल टुरिजम एसिया एक्स्पो’ शुरु भएको छ।
विदेशीहरूलाई नेपालको उपचारमा आकर्षित गर्न र ‘यो सम्भव छ’ भन्ने उद्देश्यले शुरु गरिएको एक्स्पोमा ३२ वटा स्टल छन्। एक्स्पोले नेपालका अस्पतालमा के कस्ता उपचार प्रविधिहरु छन् र विदेशीलाई कसरी उपचारमा ल्याउन सकिन्छ भन्ने जानकारी दिने आयोजक कृष्ण पाण्डेको भनाइ छ।
एक्स्पोमा नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड लगायतका अस्पतालका प्रतिनिधिको उपस्थिति छ। यस्ता किसिमको एक्स्पोले अस्पताल र चिकित्सकबीच ज्ञान सिप आदानप्रदान मात्र नभई अन्य देशमा भएका प्रविधिका बारेमा पनि जानकारी हुने पाण्डेले बताए।

‘नेपाल घुम्न आउने पर्यटकलाई हामी अब उपचार समेत गरेर जान सक्ने वातावरण बनाउन सक्छौँ’, मेडिसिटी अस्पतालका डेप्युटी म्यानेजर नबिन बज्राचार्यले भने, ‘नेपालमा पनि अत्याधुनिक सेवासहितका अस्पतालहरू आइसेकको परिप्रेक्ष्यमा याे मेडिकल टुरिजमका लागि सही समय हाे।’ उनले भने ।
ईपीसीसीका निर्देशक एवं एक्स्पोका समेत संयोजक रहेका अर्जुन चन्दले एक्स्पोले नेपालमा मेडिकल टुरिजमको कुरा गर्ने बेला भइसकेको भन्दै अब यसलाई शुरु गर्न सकिने बताए । उनले नेपालमा मेडिकल टुरिजमको प्रचुर सम्भावना रहेको भन्दै एक्स्पोका कारण एसियाका अस्पतालसँग सहकार्य गर्न नेपालका अस्पताललाई सहयोग पुग्ने समेत जानकारी दिए ।

नेपालको वातावरण राम्रो भएकाले बर्सेनि पर्यटक बढिरहेको सन्दर्भमा मेडिकल टुरिजमकाे विकास गर्न सकिए दाेहाेराे फाइदा लिनसक्ने कार्यक्रमका सहभागीले बताए।
दुर्इदिने सम्मेलनमा विभिन्न अस्पतालका प्रतिनिधिले आफ्नो देशको उपचार प्रविधि र सेवाबारे कार्यपत्र समेत प्रस्तुत गर्नेछन्।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य