जिल्ला अस्पताल चिकित्सकविहीन
धनकुटा : जिल्ला अस्पताल चिकित्सकविहीन भएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेनसहित दुई डाक्टरको एकैपटक सरुवा र करारमा रहेका तीन डाक्टरको पनि म्याद सकिएपछि अस्पताल चार दिनदेखि चिकित्सकविहीन भएकाे प्रशासन सहायक वीरेन्द्रकुमार श्रेष्ठले बताए।
मेडिकल सुपरिटेण्डेन डा. फणिन्द्र बराल र डा. प्रीति यादव सरुवा भएर अन्यत्र गइसकेका छन्। करारमा रहेका हेमसागर गौतम, बबिन रेग्मी र सुमन जायसवालको करार अवधि समाप्त भएपछि जिल्ला अस्पताल चिकित्सकविहीन बनेको हो। दरबन्दीमा डा. नीति प्रसाईँ र नीलम कुमारीलाई पठाइएको भनिए उनीहरू अस्पतालमा हाजिर भइनसकेकाे अस्पताल प्रशासन जनाएको छ।
अस्पताल डाक्टरविहीन भएपछि धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरबाट उपचारका लागि आएका सेवाग्राही अन्यत्र धाउन बाध्य भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?