स्वास्थ्यचौकी भवनका लागि जग्गा प्रदान
पर्वत : कुश्मा नगरपालिका–२ खुर्कोटकाे एक दम्पतीले गाउँमा स्वास्थ्यचौकीको भवन बनाउन ३० लाख रूपैयाँ पर्ने जग्गा निःशुल्क दान गरेकाे छ।
खुर्कोटमा शहरी स्वास्थ्यचौकीको भवन बनाउन जग्गा अभाव भएपछि स्थानीय छत्रबहादुर क्षेत्री र उनकी श्रीमती भद्रकला क्षेत्रीले पाँच आना जग्गादान गरेका हुन्।
जग्गाको लाजपूर्जा आइतबार शहरी स्वास्थ्य केन्द्रको नाममा नामासारी गरिएको छ। उक्त जग्गाको लालपुर्जा जग्गादाताले शहरी स्वास्थ्यचौकीका अध्यक्ष तथा वडाध्यक्ष यदुनाथ बास्तोलालाई हस्तान्तरण गरे।
गाउँका नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले दिवंगत आफ्नो साहिलो छोरा खड्काबहादुर क्षेत्रीको स्मृतिमा जग्गादान गरेको छत्रबहादुरले बताए। करिब १२ वर्षअघि उनीहरूका छोरा खड्काबहादुर क्षेत्रीको रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएको थियो ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?