‘मेडिकल कलेज पढ्ने नेपाली विद्यार्थीलार्इ सजिलाे छैन बंगलादेशमा’
काठमाडौं : नेपाल मेडिकल स्टुडेन्ट एसाेसिएसन बंगलादेशले सरकारले सहयोग नगरेका कारण त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थीले दुःख पाइरहेको जनाएको छ।
एसाेसिएसनले पत्रकार सम्मेलन गरी बंगलादेशमा पढ्न जाने विद्यार्थीसँग कन्सल्ट्यान्सीवापत पाँचदेखि सात लाख रुपैयाँसम्म कमिसन लिने गरेको तथा कमिसन बुझाउन नसक्ने विद्यार्थीलार्इ कालोसूचीमा रहेका कलेजमा पढ्न पठाइने गरेको जनाएको छ।
एसाेसिएसनका अध्यक्ष नवीन यादवले बंगलादेशमा रहेका कुल १०० वटा मेडिकल कलेजमध्ये सरकारबाट सञ्चालित २५ वटा कलेज राम्रो रहे पनि निजी क्षेत्रबाट सञ्चालित अधिकांश कलेज गुणस्तरहीन रहेको तथा ३६ वटा कलेज कालोसूचीमा रहेको बताए। कालोसूचीमा रहेका कलेजमा पढ्ने कतिपय विद्यार्थीले आत्महत्या गर्ने गरेकाे उनले बताए।
कन्सल्ट्यान्सीले मोटो रकम कमिसन लिएर कालोसूचीमा रहेको कलेजमा पठाउने गरिनाले त्यहाँ अध्ययनरत आठ हजार विद्यार्थीले पीडा भोग्नुपरेको उनले बताए। ७० प्रतिशत कन्सल्ट्यान्सीले विद्यार्थीलाई ठग्ने गरेको अध्यक्ष यादवकाे दाबी छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?