नेपाल मेडिसिटी र नागरिक अस्पतालबीच विशेष सम्झौता
काठमाडौं : नेपाल मेडिसिटी र भक्तपुरमा अवस्थित नागरिक अस्पतालले उपचार सम्बन्धमा विशेष सहमति गरेका छन् । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउनेछ ।
स्वास्थ्य क्षेत्रमा संस्थाको बलियो समन्वय स्थापना गर्ने उद्धेश्यले क्षमता अभिवृद्धि सहित सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा जोड दिन विषयमा सहमति गरिएको हो । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको नेपाल मेडिसिटीका महाप्रबन्धक रिमालले बताए ।
प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलिरहेको नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले खुशी व्यक्त गरे ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य