बाँकेमा रगत अभाव हट्दै
नेपालगञ्ज ः बाँकेमा रगत अभाव कम हुँदै गएको छ। रक्तदाताको संख्या दिन प्रतिदिन बढेपछि रगत अभाव हटेको हो।
नेपाल रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयंसेवकको छ । रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयंसेवकको संख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गरेको छ।
जिल्लामा रक्त संकलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौंतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीको भनाइ छ।
रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि थालिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण