नेपालमा ‘मेडिकल टुरिजम एसिया एक्स्पो’ हुने
काठमाडौं: नेपालमा पहिलोपटक ‘मेडिकल टुरिजम एसिया एक्स्पो’ हुने भएको छ। यही साउन २१ र २२ गते काठमाडौंमा हुने एक्स्पो एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स ईपीसीसीको आयोजनामा हुन लागेको हो। नेपालमा मेडिकल टुरिजमलाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्पो गर्न लागेको आयोजकले बताएको छ।
ईपीसीसीका अध्यक्ष कृष्ण पाण्डेले एक्स्पोले नेपालका अस्पताल र बाहिरका अस्पताल विचको सेवा, प्रविधि,र उपचार तरिका वारेमा सूचना आदानप्रदान हुने बताए । उनले नेपालमा मेडिकल टुरिजमको प्रचुर सम्भावना रहेको भन्दै यसको विकास गर्ने अवधारण अनुरुप एक्स्पो गर्न लागिएको बताए ।
एक्स्पोमा भारत, चीन, थाइल्याण्ड, सिंगापुर ,बंगलादेश लगायतका देशका अस्पताल र चिकित्सहरुले भाग लिने छन ।
विभिन्न देशका अस्पतालका सञ्चालकबीच छलफल र अनुभव साटासाटले अस्पतालको विकास साथै मेडिकल टुरिजमको सम्भावना बढ्ने आयोजकको ठहर छ। उक्त एक्स्पोमा अस्पतालका प्रतिनिधिबीच छुटै ‘बिजनेस मिटिङ’समेत हुने आयोजकले जनाएको छ।
विदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार सस्तो तथा वातावरण अनुकुल भएकाले विदेशी पर्यटकलाई आकर्षण गर्न सजिलो हुने एक्स्पोका निर्देशक अर्जुन चन्दले बताए ।
एक्स्पोले नेपाली अस्पतालहरुलाई प्रोत्साहन गर्ने,विदेशी अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग समन्वय तथा सहकार्य गरी विदेशी विरामीलाई नेपालमा उपचारको लागि प्रोत्साहन गरी नेपलामा विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?