परिपक्व नहुँदै चुँड्दा जडिबुटी लाेप हुने खतरा
मनाङ : जिल्लामा पाइने जडीबुटी परिपक्व नहुँदै निकाल्न थालिएपछि लोप हुनसक्ने भन्दै सराेकाररवालाहरूले चिन्ता व्यक्त गरेका छन्। यार्सागुम्बा, वनलसुन, सतुवाजस्ता महत्त्वपूर्ण जडिबुटी परिपक्व नहुँदै निकाल्दा बीउ उत्पादन नभर्इ जडिबुटी मासिने खतरा बढेकाे भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन्।
अझ साना स्कुले विद्यार्थीलाई समेत अभिभावकले सँगै लिएर जडिबुटी संकलनमा लगाउने र उनीहरूले कलिला मुना पनि टिपिदिने कारण यस्तो समस्या आएको हो । जुनसुकै बोट बिरुवाको फूल फुलेर पाकेपछि बीउ उत्पादन हुने भएकाले फूल परिपक्व हुन नपाउँदै इजाजत लिएर जडिबुटी खोज्न जाने परम्पराले यस्ता जडिबुटीको उत्पादनमा कमी हुन थालेको जिल्ला वन कार्यालयका डीएफओ अजय कार्कीले बताए।
भरिया लगाएर यार्सागुम्बा, वनलसुनजस्ता जडिबुटी खोज्न यहाँका लेकमा स्थानीयका साथै बाहिरी जिल्ला गोर्खा, लमजुङ, रुकुम, रोल्पादेखिका मानिस आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ। यी जडिबुटी जिल्लाभित्र र बाहिरका मानिसको आँखेतारो बनेको छ। जडिबुटी टिप्ने याममा लेकमा मात्र नभर्इ शहरका गल्लीगल्लीमा समेत मानिसको भीड लाग्छ।
जडिबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले जिल्लाभित्रका लागि सहुलियत दरमा र बाहिरका लागि बढी मूल्य र निश्चित समयावधि तोकेर इजाजत पत्र दिने गरेको उक्त क्षेत्रका कार्यालय प्रमुख बाबुलाल तिरुवाले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?