त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको सेवा अब नयाँ भवनबाट
काठमाडौं : त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा आएको छ। सैनिक कल्याणकारी कोषद्वारा पुनर्निर्मित भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालन शुरु भएको छ।
काठमाडाैंकाे नयाँसडकस्थित पुरानै ठाउँमा नवनिर्मित भवनकाे उद्घाटन प्रधानसेनापति राजेन्द्र क्षत्रीले गरे। प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर्ग गर्ने वीर सपूतहरूको सम्झनामा बेलायत सरकारको सहयोगमा अस्पताल निर्माण भएको थियो ।
२०७२ वैशाख १२ गतेको भूकम्पपछि उक्त भवनबाट प्रदान गरिँदै आएको स्वास्थ्य सेवा बन्द भएको थियो । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सेवा विस्तारका रूपमा रहने अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक सेवा र बहिरंग सेवा उपलब्ध हुन्छ।
अस्पतालमा पहिलो चरणमा बाल चिकित्सा, दन्त चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उपलब्ध हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण