शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेमा प्रदेश ७ अगाडि, प्रदेश २ पछाडि
नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेमा प्रदेश ७ अगाडि देखिएकाे छ।
विश्व स्तनपान दिवसका सन्दर्भमा राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले जारी गरेकाे प्रतिवेदनअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेमा प्रदेश २ मा सबैभन्दा कम छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश ७ मा सबैभन्दा धेरै ७०.७ प्रतिशत रहेको छ। प्रदेश २ मा सबैभन्दा कमअर्थात् ४५.३ प्रतिशत छ।
प्रदेश २ मा जन्मिएका शिशुमध्ये पहिलो तीन दिनमा मह, पानी र अन्य दूधजस्ता पदार्थ खुवाइने गरिएको सर्वेक्षणले देखाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?