अाँखा पाक्ने समस्या बढ्याे
दाङ : राप्ती आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामी बढेका छन्। केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ।
यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आउने गरेका अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए।
मौसम परिवर्तनसँगै आँखा पाक्ने, आँखा रातो हुने, चिलाउने र बिझाउनेलगायतका समस्या लिएर आँखाका बिरामी अस्पतालमा आउने गरेका छन्।
भाइरल संक्रमणमा आँखा रातो हुने बिझाउने, घाममा हेर्न अप्ठ्याराे हुने लक्षण देखिने र यो सञ्चो हुन केही दिन लाग्ने चिकित्सकहरू बताउँछन्। विशेष गरी ब्याट्रेरियल संक्रमणले आँखामा त्यति धेरै असर गर्दैन।
भाइरल संक्रमणले आँखाको नानी नै असर पार्ने र दृष्टि गुम्न सक्ने खतरा भएकाले त्यस्तो लक्षण देखिनासाथ तुरुन्तै नजिकको आँखा उपचार केन्द्र पुगेर उपचार गराउन चिकित्सकले सुझाव दिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण