केन्द्रीय कारागारका चार सय कैदी बिरामी
काठमाडौंं : केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी परेका छन्। केन्द्रीय कारागार कार्यालयका अनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुन्निनेलगायतका रोग देखापरेको छ।
कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख एवं उपसचिव वेदनिधि अधिकारीले उपचारका लागि दैनिक १०० कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउने गरेको जानकारी दिए। सामान्य प्रकृतिका रोगको उपचार कारागारको आफ्नै अस्पतालमा गरिए पनि गम्भीर प्रकृतिका रोगको उपचारका लागि उपत्यकाका विभिन्न अस्पतालमा पठाउने गरेको उनले बताए।
कारागार कार्यालयका अनुसार क्षमताभन्दा बढी भएका कारण पनि अधिकांश कैदीबन्दी बिरामी परेका हुन्। एक सय चार वर्ष पुरानो केन्द्रीय कारागारभित्रको तीनवटा भवनमा अहिले दुई हजार ८०३ कैदीबन्दी तथा चार नाबालक छन्।
केन्द्रीय कारागारमा एक हजार ६९५, भद्रगोल कारागारमा ७९० र महिला कारागारमा ३१८ कैदीबन्दी छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?