मेडिसिटी अस्पतालमा क्यान्सर सम्मेलन सम्पन्न
काठमाडौं : नेपाल मेडिसिटी अस्पतालमा स्तन क्यान्सर र खानेनलीसम्बन्धी क्यान्सर सम्मेलन बुधबार सम्पन्न भएको छ।
‘उपचार, पुन:स्थापना र भविष्यका आधारहरू’ भन्ने नारासहित आयोजना भएको सम्मेलनमा क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, गरी झण्डै २०० भन्दा बढी चिकित्सक सहभागी थिए।
सम्मेलनमा अमेरिका र नेपालमा हुने शल्यक्रियाका समानता र भिन्नता एवं प्रविधिको विषयमा अन्तरक्रिया गरिएको अस्पतालले जनाएको छ।
अस्पतालको ‘अपरेसन थिएटर’मा गरिएको शल्यक्रियासमेत सम्मेलन स्थलमा प्रत्यक्ष प्रसारण गरिएको थियो। अमेरिकास्थित येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालको सहकार्यमा भएको सम्मेलन साेमबार सुरू भएकाे थियाे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?