Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. केसीका लागि हेलिकाेप्टर तयारी अवस्थामा

डा. केसीका लागि  हेलिकाेप्टर तयारी अवस्थामा

काठमाडौं : जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यस्थिति बिग्रिँदै गएपछि सरकारले हेलिकोप्टर तयारी अवस्थामा राखेको छ। अनशनमा बसेको १२ दिन बित्दा डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले उनलाई उपचारार्थ काठमाडौं ल्याउन हेलिकोप्टर ‘स्ट्याण्ड वाइ’ राखेको स्रोतले जनाएको छ।

यता डा.केसीले बुधबार एक विज्ञप्ति निकाली आफू वार्ताका लागि तयार भएको बताएका छन्। सरकारी व्यक्तिले भनेको जस्तो आफू वार्ताका लागि तयार नभएको भन्ने अभिव्यक्तिको खण्डन गरेका हुन्। दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने काम गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न  उनले स्मरण गराएका छन्।

स्वास्थ्य चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउन माग गर्दै केसी पन्ध्रौं चरणको अनशनमा बसेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन