डा. केसीका लागि हेलिकाेप्टर तयारी अवस्थामा
काठमाडौं : जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यस्थिति बिग्रिँदै गएपछि सरकारले हेलिकोप्टर तयारी अवस्थामा राखेको छ। अनशनमा बसेको १२ दिन बित्दा डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले उनलाई उपचारार्थ काठमाडौं ल्याउन हेलिकोप्टर ‘स्ट्याण्ड वाइ’ राखेको स्रोतले जनाएको छ।
यता डा.केसीले बुधबार एक विज्ञप्ति निकाली आफू वार्ताका लागि तयार भएको बताएका छन्। सरकारी व्यक्तिले भनेको जस्तो आफू वार्ताका लागि तयार नभएको भन्ने अभिव्यक्तिको खण्डन गरेका हुन्। दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने काम गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न उनले स्मरण गराएका छन्।
स्वास्थ्य चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउन माग गर्दै केसी पन्ध्रौं चरणको अनशनमा बसेका हुन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’