Health TV Online
Health TV Online

हेल्थ टिभी अनलाइनकाे अाैपचारिक सुरूवात

हेल्थ टिभी अनलाइनकाे अाैपचारिक सुरूवात

काठमाडाैं : हेल्थ टिभी अनलाइनकाे औपचारिक सुरुवात भएको छ। नयाँबानेश्वर थापागाउँस्थित हेल्थ टिभी अनलाइनको कार्यालयमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ‘लोगो क्लिक’ गरी अनलाइनको औपचारिक सुरुवात गरेका हुन्।

अध्यक्ष आचार्यले जनस्वास्थ्यका विषयमा चेतना दिन हेल्थ टिभी अनलाइन सफल हुने बताए। अार्थिक पाटाेलार्इ मात्र बढी ध्यानमा दिर्इ अनलाइन खुल्ने क्रम बढिरहेकाे सन्दर्भमा  हेल्थ टिभी अनलाइन समाजमा उत्तरदायी भूमिका निर्वाह गर्ने  उद्देश्यका साथ अाएकाे भन्दै प्रशंसा गरे। ‘हेल्थ टिभी अनलाइनलाई आवश्यक पर्ने सहयोग गर्न महासंघ तयार छ’, उनले भने।

कार्यक्रममा हेल्थ टिभी अनलाइनकी प्रधान सम्पादक कल्पना आचार्यले अनलाइनहरूको भीडमा बेग्लै पहिचानका साथ अाएकाे बताइन्। उनले स्वास्थ्यसम्बन्धी भिडियाेलार्इ हेल्थ टिभी अनलाइनले प्राथमिकतामा राख्ने जानकारी दिइन्। अनलाइनले जनस्वास्थ्य स्वास्थ्यमा भइरहेका गतिविधि, स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रवर्धन गर्न राज्यका निकायको भूमिकाको निगरानी गर्ने बताइन्।

‘जनस्वास्थ्यमाथि खेलबाड गर्ने तत्त्वको भण्डाफोर गर्न हामी कुनै कसर बाँकी राख्रनेछैनाैँ’, उनले भनिन्, ‘ स्वास्थ्य क्षेत्रमा हुने लगानी र स्वास्थ्य सेवाको पारदर्शिता कायम गर्न स्वास्थ्यनीतिको तर्जुमा तथा त्यसको कार्यान्वयनमा संग्लग्न सरोकारवाला निकायलाई  जिम्मेवार बनाउने हाम्राे उद्देश्य छ।’

कार्यक्रममा सहभागीहरूले अनलाइनको भीडमा एउटा थपिने मात्र नभई पृथक पहिचान बनाउन हेल्थ टिभी अनलाइनलार्इ सुझाव दिए।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार