चिकित्सा शिक्षामा पहुँच पुर्याउँर्छौँ : शिक्षामन्त्री पोखरेल
काठमाडौं : सरकारले चिकित्सा क्षेत्रमा देखिएको विकृति अन्त्य गर्दै विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच उपलब्ध गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने भएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले संघीय संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकका विषयमा विवाद बढिरहेका बेला सम्बद्ध पक्षसँग छलफल गर्ने र विवाद समाधान गर्ने नीति राखेको बताएका हुन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले चिकित्सा शिक्षा क्षेत्रलाई प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउँदै सबैको पहुँचमा पुर्याउन लागिएको जानकारी दिए।
उनले उच्च शिक्षालाई व्यवस्थित, गुणस्तरीय, उत्पादनमूलक शिक्षामा रुपान्तरण गर्ने तथा विज्ञान प्रविधिसम्बन्धी शिक्षामा जोड दिइएको स्पष्ट पारे। विद्यालयलाई प्रविधिमैत्री बनाउन ग्रामीण दूरसञ्चार कोषमार्फत अगाडि बढाउने प्रक्रिया शुरु भएको पनि मन्त्री पोखरेलले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण