Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ढिलाे विवाहका कारण बढ्दैछ निःसन्तान समस्या

ढिलाे विवाहका कारण बढ्दैछ निःसन्तान समस्या

के हो निःसन्तानपन?

परिवार नियोजनको साधन नअपनाई नियमित सहवासपछि पनि एक वर्ष सम्ममा बच्चा हुन सकेन भने चिकित्सकीय भाषामा यसलाई निःसन्तानपन भनिन्छ। नियमित सहवास भन्नाले हप्ताको कम्तीमा दुई वा तीन पटक भन्ने बुझिन्छ। महिलामा ‘ओभिलेसन’ एक महिनामा एकचोटि हुन्छ। महिनावारी भएको सामान्यतया १३्\१४ दिनमा ओभिलेसन हुन्छ। गर्भधारणका लागि यो समय एकदमै महत्त्वपूर्ण छ। महिनावारी भएको कम्तीमा १० देखि २० दिन सँगै बस्नु जरुरी हुन्छ।

कसको कति जिम्मेवारी?

निःसन्तानपन हुनुमा महिला र पुरुषको उत्तिकै हात हुन्छ। मानिसहरु धेरैले यो कुरा बुझेका छैनन्। स्वस्थ्यचौकीमा आउने धेरैजसोले निःसन्तापनको परिभाषा समेत जानेका छैनन्। धेरैजसो विवाह भएर पनि चार पाँच वर्षसम्म पनि बच्चा भएन भनेर आउँछन्। तर सुक्ष्म रुपमा बुझ्दा के पाइएको छ भने कतिपय श्रीमानकाे काम एउटा जिल्लामा श्रीमतीको काम अर्कै जिल्लामा हुन्छ। महिनामा एकपल्ट सँगै त बस्नुहुन्छ तर कुन समयमा बस्यो र पाँच वर्षसम्म कति समय सँगै बितायो र त्यो समय उहाँहरूको ओभिलेसन समय हो कि होइन धेरैलाई यो ज्ञान पनि नभएको पाइएको छ।

किन बढ्दैछ निःसन्तानपन?

यसका विभिन्न कारण छन्। पहिलो त ढिलो विवाह हो। अस्पतालमा आउने अधिकांशमध्ये महिलाको नली बन्द भएको र श्रीमानकाे शुक्रकिट कम भएको, हर्मोनल र अण्डाको उत्पादन नहुने (एक सय अण्डामध्ये करिब २७ वटामा मात्र स्वास्थ बच्चा जन्मिने हुन्छ) कारण आउँछन्। अहिले कतिपय समस्या निःसन्तापनको परिभाषामा नपर्नेहरु पनि आइरहेका छन्। विवाहको चार पाँच महिना नहुँदै विदेशिने गर्छन्। उनीहरु निःसन्तानपनको परिभाषामा पर्दैनन्। साथै श्रीमान् श्रीमती, जो फरकफरक जिल्लामा काम गर्छन् उनीहरु खास परिभाषामा परेका हुँदैनन् तर पनि अस्पतालमा उपचारका लागि आउने गर्छन्।

त्यस्ता बिरामीलाई उनीहरूको सम्पूर्ण जानकारी लिएर साँच्चिकै निःसन्तानपनको समस्या हो कि होइन, विवाह गरेको वर्ष र उनीहरुको उमेर लिन्छौ। किनभने ३० वर्ष मुनिको र ३० वर्ष कटेकालाई फरकफरक तरिकाबाट उपचार गर्नुपर्ने हुन्छ। यदि ३० वर्ष पूरा गरिसकेको छ भने त्यस्ता दम्पतीलाई एक वर्ष पनि कुर्दैनौँ। र सँगै बसेको ६ महिनामा पनि बच्चा भएन भने, के कारणले भएन अनुसन्धान गर्छौँ।

निःसन्तानपनका कारण 

पहिलो त जनचेतनाको कमी नै हो। दोस्रो श्रीमान् श्रीमती लामो समय सँगै नबस्नु पनि हो। ढिलो विवाहका कारण पनि निःसन्तानको दर बढ्दो छ। महिलामा उत्पन्न हुने अण्डामा कमी आउनु पनि अर्को कारण हो। बिढ्दै गएको मानसिक तनावका कारण पनि यो समस्या सिर्जना भइरहेको छ।

कुन उमेरमा बच्चा जन्माउने?

सामान्यतया ३० वर्ष सम्ममा एउटा बच्चा जन्माइसक्नुपर्छ। किनकि उमेर जति बढ्दै गयो अण्डा उत्पादनमा त्यति नै कमी आउँछ। उत्पादन भएको अण्डाको गुणस्तरमा पनि ह्रास हुन्छ। गर्भ तुहिने सम्भावना बढी हुन्छ। असामान्य बच्चाको जन्मदरमा वृद्धि हन्छ।

उपचार

पहिले जाँच गरिन्छ र के खराबी छ भन्ने निक्र्योल गरिन्छ। श्रीमानको शुक्रकिटमा कमी हुन सक्छ, शुक्रकिटको गति र बनावटमा खराबी साथै शुक्रकिटमा संक्रमण हुन सक्छ। यसको साथै हर्मोनको गडबडी पनि रहन सक्ने हुन्छ । श्रीमतीमा पनि पाठेघरको नली बन्द हुन सक्छ। अण्डा उत्पादनमा ह्रास आउने, सानो–सानो डिम्ब बन्ने तर अण्डा नबढ्ने अथवा पाठेघरको झिल्ली पातलो हुने, वा मासु पलाउने, हर्मोनको खराबी आदि विभिन्न कारण छन्। यस्ता कारण पत्ता लगाई निराकरण गर्नुपर्यो।

करिब ८० प्रतिशतले सामान्य औषधि उपचार, कृत्रिम गर्भाधारणले निःसन्तानपनको समस्याबाट छुटकारा पाउँछन्। बाँकी २० प्रतिशत बिरामीलाई मात्रै उच्च प्रकारको उपचार विधि अपनाइन्छ। जस्तै टेस्टट्युब बेबी।

अन्तिम विकल्प, टेस्टट्युब बेबी?

यो विधिमा महिलाको अण्डा विभिन्न सुईहरु प्रयोग गरेर निकालिन्छ। धेरै अण्डा निकाल्न हर्मोनको प्रयोग गरिन्छ। अण्डा निकालेर श्रीमानको शुक्रकिटसँग प्रयोगशालामा दुवै मिसाएर बनेको भ्रूणलाई ४८ घण्टादेखि ५ दिनभित्र पुनः एउटा सानो नलीको माध्यमबाट महिलाको पाठेघरमा राखिने प्रकृयालाई टेस्टट्युब बेबी भनिन्छ। यसो गर्दा करीब ४५ प्रतिशत मात्र बच्चा रहने सम्भावना रहन्छ।

कहिले भ्रुण र अण्डाको गुणस्तरमा कमी आउनु, पाठेघरको उत्पादन प्रक्रियाको क्षमतामा कमी आउनु आदि विभिन्न कारणले टेस्टट्युब बेबी नहुने समस्या रहन्छ। टेस्टट्युब बेबी उत्पादनको प्रकृयाभित्र आईभीएफ पनि पर्छ। यो भनेको पाठेघरको नली बन्द भयो भने बच्चा बस्न सक्दैन। यस्तो अवस्थामा नलीमा हुने सबै काम प्रयोगशालामा गर्ने, श्रीमानको शुक्रकिटमा धेरै कमी छ भने एउटा अण्डामा बच्चा उत्पादन हुनलाई पचास हजार देखि दुई लाख सम्मको एकदमै सक्रिय शुक्रकिट आवश्यक हुन्छ।

तर कसैको सयवटा पनि शुक्रकिट छैन भने एउटा अण्डालाई एउटा शुक्रकिटले पुर्याउँछौ। सबै निःसन्तान बिरामीलाई टेस्टट्युब बेबीमा जानु पर्छ भन्ने भ्रम छ। अधिकांशलाई सामान्य परामर्शले नै ठिक बनाइरहेको हुन्छ।

थप समाचार