Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धामी झाँक्रीको भर पर्दा सुत्केरीकाे मृत्यु

धामी झाँक्रीको भर पर्दा सुत्केरीकाे मृत्यु

नुवाकोट : झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा लैजान ढिला गर्दा एक महिलाको मृत्यु भएको छ। दुप्चेश्वर गाउँपालिका–४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको मृत्यु भएको हो।

सुत्केरी भएपछि धेरै रक्तश्राव भएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बुधबार राति उनकाे मृत्यु भएको छिमेकी ज्ञानबहादुर तामाङले जानकारी दिए। बुधबार दिउँसो सुत्केरी भएकी माइलीको साल नझरेपछि स्वास्थ्य संस्थामा नलगी धाँमी झाँक्री लगाएका थिए। धामी झाँक्री लगाउँदा पनि साल नझरेपछि राति स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको बेतिनी स्वास्थ्य चौकीका अहेब मुक्तलाल श्रेष्ठले बताए।

घरमै बच्चा जन्मिएपछि साल नझरेकाले धेरै रक्तश्राव भएका कारण मृत्यु भएको हो। उच्च रक्तश्रावका कारण आमाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको छिमेकी तामाङले जानकारी दिए। माइली नियमित गर्भ परीक्षण गर्न पनि नआएको र मृत्यु भएपछि मात्र घटनाको जानकारी पाएको स्वास्थ्य चौकीका अहेब श्रेष्ठले बताए।

थप समाचार