त्रिवि शिक्षण अस्पतालका निर्देशकको टुंगो आगामी साता
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको निर्देशक आगामी साता टुंंगो लाग्ने भएको छ। नयाँ निर्देशकको विषय आगामी सातासम्म टुंंगो लागिसक्ने आर्इओएमका डीन प्रा.डा.जगदीशप्रसाद अर्यालले बताए।
‘सर्च कमिटीका एक सदस्य विदेश गएकाले केही ढिलाइ भएको हो’ उनले भने, ‘उहाँ आउनसाथ आइतबार निर्देशकबारे टुंगोमा पुग्नेछाैँ।’
तत्कालीन निर्देशक प्रा.डा.दिपक महराले राजीनामा दिएको दुई साता भन्दा बढी बितिसक्दा पनि निर्देशक नियुक्त गर्न नसकेको भन्दै गुनासो आएपछि आर्इओएमकी सहायक डीन प्राध्यापक मन्दिरा वन्तलाई निमित्तको जिम्मेवारी दिइएको थियो।
निर्देशक नियुक्तिका लागि दुई महिनाअघि नै आर्इओएमका डीन अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी बनेको थियो। अस्पतालको निर्देशकका लागि धेरै आकांक्षी रहेको तर सर्च कमिटीले तोकेको मापदण्डअनुसार चयन गर्ने अग्रवालले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण